Friday, January 22, 2021

पौडेल समूहमा भेला भएका सिटौलाले हस्ताक्षर गर्न मानेनन्

प्रकाशित मिति: 2020/09/27

११ असोज, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयास थियो । आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेका थिए । तर सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताए । मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै उनले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताएका छन् । सिटौला मध्यमार्गी बाटो पहिल्याउँदै राजनीतिक भागबण्डामा आफूलाई सुरक्षित राख्न लागिपरेको कांग्रेसीजनको बुझाई छ । पछिल्लो पटक बिभाग गठनमा समेत सभापति देउवालाई रिझाउनै लागि परेको बताईएको छ ।

 

तपाईंको बिचार