Sunday, January 17, 2021

कोरोनाको सास्ती: जोरबिजोर उल्लंघन गर्ने ९ सय सवारीसाधन नियन्त्रणमा

प्रकाशित मिति: 2020/09/29

असोज १३, काठमाण्डौ । सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो ।  जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।  
उनका अनुसार राजधानीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ । तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने उनले बताए । नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित चेक प्वाइन्टमै ‘होल्ड’ गरेर राखिएको छ ।

 

तपाईंको बिचार