Thursday, January 28, 2021

दशैलक्षित सहुलियत पसल आजदेखी खुल्ला, कति पाईन्छ छुट ?

प्रकाशित मिति: 2020/10/01

असोज १५, काठमाण्डौ । सरकारले आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याउँदैछ । दसैं, तिहार, छठ, ल्होसारलगायत पर्व लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न लगायत सामग्री विक्री वितरण पसल काठमाडौं उपत्यकासहित देशैभर बिहीबारदेखि सञ्चालनमा आउन लागेका हुन । साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले यी पसल सञ्चालनमा ल्याउनेछन । सुपथ मूल्यका यस्ता पसलमा नुन, चिनी, चामल, घ्यु, पनिर, तेल, दाल, मसला, चिया, चिउरालगायतका खाद्यान्न सामग्री विक्रीमा राखिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मीला केसीले जानकारी दिइन । कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, ललितपुर, थापाथली, जावलाखेल, भक्तपुरका साथै धुम्ती सेवा पसल र अनलाइनमार्फत् उपत्यकासहित अन्य ४९ स्थानबाट र दुग्ध विकास संस्थानका आउटलेट लैनचौर, न्युरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानमा पसल खुल्ने उनले बताइन ।

उनका अनुसार नुन प्रतिकेजी १८, चिनी प्रतिकेजी ७० र घ्यु प्रतिलिटर ८ सय ७० रूपैयाँमा विक्री हुन्छ । नुन र चिनी भने प्रति परिवार ४ केजीका दरले मात्रै दिइन्छ । त्यस्तै दाल, चामल, फापर, तिते फापर र सेतो केराउमा प्रतिकेजी ५ रूपैयाँ छुट हुने छ । खसी, बोका, च्याङ्ग्रा र सिमीमा प्रतिकेजी १० रूपैयाँ छुट हुने उनले बताइन । सहुलियत दरको पसल मंसिर ८ गतेसम्म खुल्ने छ ।

 

तपाईंको बिचार