Thursday, January 21, 2021

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

प्रकाशित मिति: 2020/10/04

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये केही नेताहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

तपाईंको बिचार