Saturday, January 23, 2021

डा. गोबिन्द केशीका माग पुरा गर्न कांग्रेसको धर्ना

प्रकाशित मिति: 2020/10/05

असोज १९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न सरकारसँग माग गरेको छ । सोमबार त्रिवि शिक्षण अस्पतालमा शान्तिपूर्वक प्रदर्शन गरेर कांग्रेसले केसीले राखेका माग पूरा गर्न सरकारले वार्ता गर्नुपर्ने बताएको हो । अनसन बसेको २२ दिनसम्म सरकारले केसीसँग वार्ता नगरेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले केसीसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन । डाक्टर केसीको माग पूरा गरी सरकारले अनसन तोडाएर जीवन रक्षा गर्नुपर्ने प्रवक्ता शर्माले बताए ।

 

तपाईंको बिचार