Friday, January 22, 2021

अर्थमन्त्री बन्छु, अरु बन्दीन : सुरेन्द्र पाण्डे

प्रकाशित मिति: 2020/10/06

असोज २०, काठमाण्डौ । नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अर्थ मन्त्रालय बाहेक अरू जिम्मेवारीमा आफू सरकारमा नजाने स्पष्ट पारेका छन । पाण्डेले आफूलाई अहिलेसम्म मन्त्री बन्न कुनै प्रस्ताव नआएको समेत बताए । स्रोतका अनुसार पाण्डेलाई सहरी विकास मन्त्री बन्न प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराईले फोन गरेका थिए । अहिले तीन मन्त्रालय खाली छन । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले लिएका छन । सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक मन्त्री वसन्त नेम्वाङलाई दिइएको छ । यसअघि पाण्डे २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा २० महिना अर्थ मन्त्री बनेका थिए । पाण्डेले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि आफूले फोन गरेको भनेर अनावश्यक हल्ला फैलाइएको दाबी गरे ।

 

तपाईंको बिचार