सरकारले गोविन्द केसीको ज्यान बचाउनुपर्छ : माधव नेपाल
२० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा. केसीको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउँदै नेता नेपालले उहाँको जीवन रक्षा पहिलो प्राथमिकता हो, त्यसर्थ सरकारले तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाएर उहाँको ज्यान बचाउनुपर्ने बताएका हुन । नेकपाले समाजवादी नीति लिएका कारण स्वास्थ्य क्षेत्रमा सामान्य जनताको पहुँच स्थापना गर्ने पक्षमा पार्टी उभिनुपर्ने बताए ।
तपाईंको बिचार