Saturday, January 23, 2021

तारकेश्वर डाँडाखर्कको युवा क्लबलाई खेलकुद सामाग्री प्रदान गरिदै

प्रकाशित मिति: 2020/10/06

असोज २०, काठमाण्डौ । नुवाकोट तारकेश्वर गा.पा. वडा नम्बर ६ मा रहेको वागभैरव युवा क्लबको लागि गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीको पहल तथा संयोजनमा खेलकुद सामाग्री बितरण गरिने भएको छ ।

असोज २२ गते एक कार्यक्रमका बिच खेलकुद सामाग्री हस्तान्तरण गरिने गन्तव्य नेपाल गु्रपका अध्यक्ष तथा समाजसेवी शिव अधिकारीले बताएका छन ।
सामाजिक काममा आफ्नो अभियान जारी रहेको र यसलाई आउँदो दिनमा अझ निरन्तरता दिदै स्थानिय क्षेत्रको बिकासमा लागि पर्ने बताए । 
अधिकारीले एक बक्तत्य जारी गरी खेलकुद सामाग्री प्रदान गर्ने गाउँले पर्यटन नेपालका केन्द्रिय अध्यक्ष, एसिया नेपाल होलिडेका प्रेसिडेन्ट तथा बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल र मनाङ निवासी हाल स्वयम्भुमा बसोबास गर्ने अर्का एक समाजसेवीलाई हार्दिक धन्यबाद ज्ञापन गरेका छन ।
पर्सि बिहिबार प्रदान गरिने खेलकुद सामाग्रीहरुमा क्रिकेट व्याट १ थान, बल ३ थान , क्रिकेट स्ट्याण्ड ३ थान, व्याडमिन्टन १ थान, भलिबल नेट १ थान, कक व्याडमिन्टन १ थान, भलिबल २ थान, फुटबल ३ थान, पम्प १ थान रहेको छ । यस्तै १४ थान फुटबल जर्सी समेत बितरण गरिने अधिकारीले बताए ।

 


 

तपाईंको बिचार