Friday, January 22, 2021

डा. केशीसँग तत्काल बार्ता गरेर समाधान खोज्न कांग्रेसको माग

प्रकाशित मिति: 2020/10/07

असोज २१, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डाक्टर केसी अनसन बसेको २४ दिन हुँदा पनि सरकारले वार्ता समिति गठन नगरेको बताएका हुन । प्रवक्ता शर्माले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीले डाक्टर केसीको सत्याग्रहसमेत नसुनेको बताएका हुन । शर्माले कांग्रेसको पालामा डा. केसी अनसन बस्दा वार्ता गरिएको र कयौं माग पूरा गरिएको पनि उल्लेख गरेका छन । 
सत्याग्रहीलाई दुव्र्यवहारदेखि सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेको उनले बताए । केसीको स्वास्थ्य अवस्था जटिल बनेको शर्माको भनाइ छ ।

 

तपाईंको बिचार