Sunday, January 17, 2021

प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु : उजुरी दिन आह्वान

प्रकाशित मिति: 2020/10/07

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु भएको छ । संसदीय समितिले प्रकृया सुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको  छ । आज बसेको समिति बैठकले भोलीबाट लागु हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरेको हो । संसदीय समितिको कार्यविधि २०७५ को दफा १२  बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आलसाल्बाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र  गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि गैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

तपाईंको बिचार