Monday, January 18, 2021

कृषि मन्त्रालयले देशभरका किसानको गणना गर्ने

प्रकाशित मिति: 2020/10/07

२१ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ । कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाएरनपाएको अवस्थाबारे विवरण संकलन गरिने कृषिमन्त्री घनश्याम भुसालले बताए ।

नेकपा नेता भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ७५३ स्थानीय तहमा कृषकहरुको डाटा संकलन गर्न लागिएको हो । सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

स्थानीय तहका वडा र पालिकामा दर्ता हुने कृषकहरुलाई स्थानीय तहले कृषक प्रमाण पत्रसमेत दिने मन्त्रालयले जनाएको छ । कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै कृषकमा सरकारी पहुँच पुग्ने कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् । कृषकका लागि विभिन्न निकायबाट हुने सेवा प्रवाह एकीकृत गर्ने तथा कृषिको वर्गीकरण तथ्यांकबाट राष्ट्रिय डाटावेश तयार गर्ने उद्देश्य मन्त्रालयको छ । कृषकहरुको सर्वेक्षणको कार्यविधिबारे बुधबार कृषि मन्त्रालयमा कर्मचारीहरुसँग मन्त्री भुसालले थप छलफल गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।

तपाईंको बिचार