Wednesday, January 20, 2021

भव्य कार्यक्रमका बिच तारकेश्वर डाँडाखर्कको युवा क्लबलाई खेलकुद सामाग्री प्रदान

प्रकाशित मिति: 2020/10/08

असोज २०, काठमाण्डौ । नुवाकोट तारकेश्वर गा.पा. वडा नम्बर ६ मा रहेको वागभैरव युवा क्लबको लागि गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीको पहल तथा संयोजनमा खेलकुद सामाग्री बितरण गरिएको छ ।

आज एक कार्यक्रमका बिच गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी अधिकारीले उक्त खेलकुद सामाग्री प्रदान गरेका हुन ।
 कार्यक्रममा तारकेश्वर गाँउपालिका कांग्रेस सभापति होम ब. तामाङ, गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष ज्ञान बहादुर तामाङ, नेपाली कांग्रेस तारकेश्वरका नेताद्धय केशब अर्याल, ईश्वर अर्याल, जीपी कोईराला फाउण्डेशन तारकेश्वरका उपाध्यक्ष मोतिराम ढकाल, कार्यसमिति सदस्य अमृत मास्के, गोरखनाथ युवा क्लबका अध्यक्ष राज ढकाल, समाजसेवी गणेश श्रेष्ठ, तारकेश्वर वडा न. ६ की महिला नेतृ सरिता शिवभक्ती, वडा नम्बर ६ का समाजसेवीद्धय खम्बासिंह तामाङ, चन्द्र बहादुर तामाङ लगायत तारकेश्वरबासी स्थानियहरुको व्यापक सहभागिता रहेको थियो । 
कार्यक्रममा सहभागि बिभिन्न क्षेत्रका व्यक्तिहरुले शिव अधिकारीले तारकेश्वरको बिकासमा खेलेको भुमिकाको चर्चा गर्दै आगामी दिनमा पनि सहयोग रहोस भनि शुभकामना व्यक्त गरेका थिए । 
गन्तव्य नेपाल गु्रपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीले नुवाकोट तारकेश्वरको स्थानिय क्षेत्रको बिकासमा आफ्नो बिगतदेखीकै अभियान जारी रहेको र यसलाई आउँदो दिनमा अझ सशक्त ढंगले लैजाने बताए । स्थानिय क्षेत्रको बिकासमा सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।
बाघभैरव युवा क्लबका लागि अधिकारीको संयोजनमा बितरण गरिएको खेलकुद सामाग्रीहरु क्रमशः क्रिकेट व्याट १ थान, बल ३ थान, क्रिकेट स्ट्याण्ड ३ थान, व्याडमिन्टन १ थान, भलिबल नेट १ थान, कक व्याडमिन्टन १ थान, भलिबल २ थान, फुटबल ३ थान, पम्प १ थान ,स्वाथ्य सामाग्री र स्टेचर एक थान रहेको छ । यस्तै १४ थान फुटबल जर्सी समेत बितरण गरिएको थियो । उक्त कार्यक्रम क्लबका अध्यक्ष सुरेश तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईंको बिचार