Sunday, January 17, 2021

गोरेटो बनेपछि घाँटीबगर–तिंकर सडक निर्माणको सर्भे थालियो

प्रकाशित मिति: 2020/10/09

२३ असोज, काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२, घाँटीबगरमा रहेको अति विकट ४५० मिटर मिटर क्षेत्रमा गोरेटो बनाएपछि नेपाली सेनाले सडक निर्माणका लागि सर्भे थालेको छ ।

घाँटीबगर–तिंकर सडकखण्डमा ८७ किलोमिटरमा सडक बनाउने जिम्मा १४ वैशाखमा सरकारले सेनालाई दिएको थियो । त्यसअनुरुप पहिले सर्वसाधारणको गोरेटो बनाएको सेनाले अब सडक निर्माणका लागि सर्भे थालेको हो । 

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार यस कार्यका लागि ४० जनाको सैनिक टोली दार्चुलास्थित गुल्ममा खटिएको छ । टोलीको नेतृत्व सेनाको विकास निर्माण कार्यदल गणका प्रमुख सेनानी रमेश गुरुङले गरेका छन् । टोलीले सडक निर्माणका लागि अस्थायी क्याम्प खडा गर्नका लागि स्थानको पनि रेकी गर्नेछ भने प्रस्तावित रुटको सर्भेसमेत गर्ने पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रारम्भिक अध्ययनपछि यो वर्ष हुम्लिङ र माल भन्ने स्थानमा दुई वटा क्याम्प राख्ने तयारी गरिएको छ । यो वर्ष सर्भेका लागि ५ करोड ५० लाख रुपैयाँ सरकारले छुट्टयाएको छ । अर्को वर्ष छाङरुमा पनि क्याम्प राख्ने तयारी गरिएको छ ।  

 

तपाईंको बिचार