Sunday, January 17, 2021

उपभोग्य वस्तुमा नयाँ मिति प्रकरणमा थप दुई जना पक्राउ

प्रकाशित मिति: 2020/10/09

२३ असोज, काठमाडौं । म्याद सकिएका चकलेट र बिस्कुटमा नयाँ मिति राखेर बजारमा पठाउने समूहमा संलग्न थप दुई जना पक्राउ परेका छन् । कलंकीस्थित आयन डिष्ट्रीव्युटरबाट पक्राउ परेकाको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । पक्राउ परेकाहरुलाई प्रहरीको हिरासतमा पठाइएको र थप अनुसन्धान भईरहेको विभागले जनाएको छ । म्याद गुज्रिएको वस्तुमा नयाँ लेवल लगाएको अभियोगमा हालसम्म अनुसन्धानका लागि १३ जनालाई थुनामा पठाइएको निर्देशक आचार्यले बताए ।

गत असोज १५ गते स्नेकर्स चकलेट, ओरिओ बिस्कुट, पौष्टिक तत्वको रुपमा प्रयोग हुने हर्लिक्स, बनभिटा तथा ट्याङ जुस, बण्टी चकलेट र यूनिलिभरले उत्पादन गर्ने सबै कस्मेटिक समानमा नयाँ उपभोग्य मिति राखिएको फेला परेको थियो ।

तीन वटा घरको हरेक कोठादेखि बाथरुममा समेत म्याद सकिएको वस्तु पुनः म्याद टाँस्न राख्ने गरेको भेटिए पछि वाणिज्य विभागले गोदाम सिल गरेको थियो ।

तपाईंको बिचार