Sunday, January 24, 2021

तारकेश्वर गाउँपालिकालाई बिधी बिधान र नियमसंगत रुपमा अघि बढ्न आग्रह

प्रकाशित मिति: 2020/10/09

असोज २३, काठमाण्डौ ।  नुवाकोट नेपाली कांग्रेस सम्बद्ध नेता तथा कार्यकर्ताहरुले तारकेश्वर गाउँपालिकालाई बिधी बिधान र नियमसंगत रुपमा अघि बढ्न सुझाब दिएका छन ।

नुवाकोट नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाका सभापति होम ब. तामाङको नेतृत्वमा गएको टोलीले गाउँपालिकाका अध्यक्ष रमेश वस्ती र भर्खरै नियुक्त भएका प्रशासकिय अधिकृतलाई भेटी बिधी बिधान र नियमसंगत ढंगले काम गर्न सुझाएका हुन ।
पार्टी सभापति होम ब. तामाङको नेतृत्वमा गएको टोलीमा नुवाकोट जिल्ला कार्यसमिति सदस्य सुनमाया तामाङ, वडा नम्बर ४ का कांग्रेस इकाई सभापति गोपी शर्मा, वडा नम्बर १ का सभापति नवराज खनाल, वडा नम्बर ५ का सभापति भीम ब. तामाङ, नेपाली कांग्रेस तारकेश्वरका युवा नेताद्धय शिव अधिकारी ‘अबिरल’, केशव अर्याल, वडा नम्बर ६ का वडाध्यक्ष ज्ञानेन्द्र बहादुर तामाङ, वडा नम्बर १ का वडाध्यक्ष दयानिधी अधिकारी, वडा नम्बर ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठ, तारकेश्वरका युवा नेता ईश्वर अर्याल  लगायतको जम्बो टोली सहभागि थिए ।
तारकेश्वर कांग्रेस टोलीको सुझाब ग्रहण गर्दै गाउँपालिका अध्यक्ष रमेश वस्तीले प्राप्त सुझाबलाई आफुले गम्भिर रुपमा लिएको र आगामी दिनमा आफुले जनभावना अनुसार नै बिकास निर्माण र अन्य सरोकारका बिषयमा नियमसंगत ढंगले काम गर्ने बताए ।

 

तपाईंको बिचार