Sunday, January 24, 2021

काठमाण्डौंको मनमैजुमा दशैघर एग्रो एण्ड मिट सप्लायर्स सञ्चालनमा

प्रकाशित मिति: 2020/10/12

असोज २६, काठमाण्डौ । नजिकिदै बडादशैलाई लक्षित गरी काठमाण्डौको नेपालटार मनमैजुमा ‘दशैघर एग्रो एण्ड मिट सप्लायर्स’ सञ्चालनमा आएको छ ।

काठमाण्डौको नेपालटार मनमैजुस्थीत शुभकामना चोकसँगै १ सयमिटरको दुरीमा मनमैजु जाने बाटोमा यस सप्लायर्सको आज उद्घाटन गरिएको हो ।
दशैघरले बिवाह, ब्रतबन्ध, बिभिन्न पार्टी सेमिनार, तथा उत्सवहरुमा लोकल प्रजातिका मासु बिक्रिबितरण गर्नेछ ।
जसमा लोकल खसी, लोकल कुखुरा, कालिज, बट्टाई, टर्की, हाँस, कालो कुखुरा(कडकनाथ), ब्रोईलर, लेयर्स लगायत स्वाद बमोजिम सबै किसिमका मासुहरु उपलब्ध हुने सञ्चालकको भनाई छ ।
नुवाकोट दाङसिङ र ढाँडाखर्क निवासी जितेन लामा र जनार्दन अधिकारीको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको यस मिट सप्लायर्सले जनचाहना अनुरुप स्वच्छ तथा सफा मासु उपलब्ध हुने बताईएको छ ।
दशैघरले आफ्नो व्यानरमा‘ मिठो खान दशैघर आउँ, मन भए सँधै दशै, स्वादले खाउँ जिब्रो पड्काउँ भन्ने ब्राण्डलाई अघि सारेको छ ।
आज निकै भव्य भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद बहादुरसिंह लामा तामाङ, महासमिति सदस्य तथा युवा नेता रमेशकुमार महत, तारकेश्वर गाउँपालिका कांग्रेस सभापति होमबहादुर तामाङ, गन्तव्य नेपालका अध्यक्ष तथा  समाजसेवी शिव अधिकारी अबिरल, तारकेश्वरका नेपाली कांग्रेसका नेताद्धय गोपी शर्मा, राजकुमार भट्टराई लगायत बिभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजसेवी, व्यापारीहरुको बाक्लो उपस्थीति रहेको थियो ।
दशैघरले दशैलक्षित गरी नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दाङ लगायतका ठाउँहरुबाट लोकल खसी तथा कुखुरा आयात गरी ग्राहकहरुलाई दशैअघि नै बितरण गर्ने जनाएको छ ।

तपाईंको बिचार