Thursday, January 28, 2021

कर्णाली प्रदेशमा अबिश्वास प्रश्ताव अघि नबढाउन सुवास नेम्बाङको आग्रह

प्रकाशित मिति: 2020/10/13

असोज २७, काठमाण्डौ । पूर्वसभामुख एवम् नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाब दिएका छन । उनले अविश्वासको प्रस्ताव अगाडि बढाउन नेतृत्व गरेका प्रदेश सभा सदस्य यामलाल कँडेलसँगको टेलिफोन कुराकानीमा अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाएको बताए ।
आफूलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाको विषयमा जानकारी भएपनि बताउँदा त्यसलाई समर्थन गरेको आशय देखिने भएकाले नबताएको उल्लेख गरे । नेम्वाङले कर्णाली प्रदेशमा भैरहेको गतिविधिबारे आफूले टेलिफोनमा प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको बताए । नेम्वाङले प्रधानमन्त्री ओलीले पनि केन्द्रसँग सल्लाह नगरी प्रदेशमा अराजकतापूर्ण कार्य भएको टिप्पणी गरेको बताए । 

 

तपाईंको बिचार