Sunday, January 17, 2021

कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द

प्रकाशित मिति: 2020/10/14

२८ असोज, काठमाडौं । सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।  

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्ने बताएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडी विदेशी च्यानलमा क्लिन फिड भए नभएको अनुगमन गर्न सूचना तथा प्रसारण विभागमा प्राविधिक संयन्त्र विकास गरिसकेको बताउँछन् । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । ऐनमा भनिएको छ(ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।

 

तपाईंको बिचार