सप्तरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते
असोज २८, सप्तरी । सप्तरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन । यो घटना मंगलबार राति १० बजे राजविराज नगरपालिका १३ मुसहर्नियाको हो । जहाँ प्रहरी र तस्करहरूबीच झडप भएको थियो । भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरूले स्थानीयलाई गुहारेका थिए । प्रहरीको संख्या पनि अलि कम थियो । गाँउलेहरूले भाला लगायतका घरेलु हतियारहरू बोकेर निस्किए, ’प्रहरी उपरीक्षक धमलाले भने,’दुई जना प्रहरी घाइते भएका छन । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली खटिएको थियो । घाइते हुनेमा प्रहरी जवान दिपेन्द्र साह र प्रहरी हवल्दार कमलदेव यादव छन्। उनीहरू दुबै जनाको टाउकोमा चोट लागेको छ। साहको भने टाउकोमा सातवटा टाका लगाइएको छ । तस्करहरूले के सामान ल्याएका थिए भन्ने खुल्न नपाउँदै झडप भएको उनले बताए । घटनामा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन ।
तपाईंको बिचार