Thursday, January 28, 2021

नयाँ बजारमा ग्याँस सिलिण्डर विष्फोट, ४ जना घाइते

प्रकाशित मिति: 2020/10/15

२९ असोज, काठमाडौं । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छ ।

तपाईंको बिचार