Monday, January 18, 2021

दुर्गा प्रसाईको तहल्का : चार अर्ब लगानीमा ‘मार्सी बियर’ बजारमा ल्याउँदै

प्रकाशित मिति: 2020/10/18

कार्तिक २, काठमाण्डौ । मेडिकल व्यावसायी दुर्गा प्रसाईले ३ बर्षअघि तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी अध्यक्ष प्रचण्डलाई आफ्नो निवासमा निमन्त्रणा गरेर मार्सी चामलको भात खुवाएका थिए ।

अध्यक्षद्धयलाई घरमै बोलाएर मार्सी चामलको भात खुवाएको र राजनीतिक फाईदा लिन खोजेको भन्दै उनको निकै आलोचना पनि भयो । त्यही समयदेखी जुम्लामा फल्ने मार्सी चामलको चर्चा नेपाली बजारमा चुलिएको हो ।
तर अहिले भने तिनै तिनै प्रसाई मार्सी चामल नै मिसाएर ‘मार्सी’ बियर नेपाली बजारमा ल्याउन खोजिरहेका छन । उनले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन । 

टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै आएको थियो । प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका छन । ‘मेरो कम्पनीले दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ ल्याउँदैछ,’ प्रसाईंले भने, ‘अन्तिम तयारी छ, बजारमा चाँडै आउँदैछन् दुई खाले बियर।’ उनले आफ्नो कम्पनीको प्रोडक्ट पनि सार्वजनिक गरेका छन । हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन । साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए । 

प्रसाईंले भने मार्सी चामललाई प्रयोग गर्ने बताएका छन । ‘मैले गराएको मार्सी भान्सा राजनीतिक वृत्तमा जति चर्चित भयो, बियर पनि बजारमा त्यतिकै चर्चित बनाउँछु, त्यो पनि मार्सी चामल नै मिसाएर,’ प्रसाईंले भने । 

 

 

तपाईंको बिचार