Monday, January 18, 2021

असई बिक र साउद सामुहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भीक निष्कर्ष

प्रकाशित मिति: 2020/10/20

४ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्याको अनुसन्धान निष्कर्ष नजिक पुगेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले अनुसन्धानको दायरा साँघुरो बनेको बताए । उनले भनेका छन्, ‘हाल १३ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ सम्भवतः मंगलबार साँझसम्म तथ्यसम्म पुगिने उनले बताए ।

शनिबार राति मोटरसाइकल गस्तीमा गएका वेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव मोहना नदीमा भेटिएको छ भने साउदको पनि सोही स्थानमा शब भेटिएको छ ।  हालसम्मकको अनुसन्धानले विक र साउदमाथि सामूहिक रुपमा आक्रमण भएको देखिएको पनि प्रहरी स्रोतको भनाइ छ । असई विकले तस्करी रोक्न गरेको कडाइकै कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

तपाईंको बिचार