Sunday, January 24, 2021

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तुरुन्त फिर्ता लेऊ : माधव नेपाल

प्रकाशित मिति: 2020/10/20

४ कात्तिक, काठमाडौं । नेकपा बरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको उनले बताए । मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् ।

तपाईंको बिचार