Thursday, January 28, 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन

प्रकाशित मिति: 2020/10/21

असोज ५,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन ।  मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो । त्यसपछि उनले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

 

तपाईंको बिचार