Wednesday, January 20, 2021

तिनाउमा छाडियो माछाका एक लाख भुरा

प्रकाशित मिति: 2020/11/22

मंसिर ७, रुपन्देही । रुपन्देहीको तिनाउ नदीको पर्यावरणीय सन्तुलन कायम गर्न माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर शनिबार रूपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी पुल नजिकबाट तिनाउमा माछाका भुरा छोडिएको हो । लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, जिल्ला मत्स्य व्यवसायी संघलागायत संघसंस्थाले एक लाख माछाका भुरा तिनाउमा छोडेका हुन । तिनाउमा माछाका भुरा छोडिएको यो पाँचौ पटक हो। पछिल्ला पाँच वर्षदेखि हरेक विश्व मत्स्य दिवसको अवसर पारी तिनाउमा भुरा छोड्ने गरिएको छ । यसवर्ष विभिन्न चार प्रजातिका एक लाख माछाका भुरा तिनाउमा छाडिएको लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेलले जानकारी दिए ।
माछाले उपभोग मात्रै नबढाएर यसले नदीको पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटकसमेत भित्र्याउने भएकोले नदीमा माछाको संख्या बढाउन भुरा छोडिएको पौडेलले बताए ।

 

तपाईंको बिचार