Saturday, January 23, 2021

चिनियाँ राजदूत र प्रचण्डबिच भेटवार्ता

प्रकाशित मिति: 2020/11/23

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला उत्तरी छिमेकी चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन । स्रोतका अनुसार प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी थिइन । उनीहरूको भेटमा के के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन ।  यसपालि पनि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन । 
प्रधानमन्त्री ओली र यान्छीबीच भेट भएको अर्को दिन बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले १० दिनको समय मागेपछि बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ । सचिवालय बैठक स्थगित भए पनि नेकपाको विवाद समाधानतिर जानुको साटो झन् बढ्दै जानेजस्तो देखिएका बेला राजदूत यान्छीले प्रचण्डलाई भेटेकी हुन । चिनियाँ रक्षा मन्त्री  वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन । स्रोतका अनुसार उनी मंसिर १४ गते काठमाडौं आउन  लागेका छन ।  

 

तपाईंको बिचार