Sunday, January 24, 2021

अमेरिकी बिदेशमन्त्रीमा ब्लिन्केनलाई नियुक्त गर्ने बाईडेनको तयारी

प्रकाशित मिति: 2020/11/23

अमेरिकाको राष्ट्रपतिमा हालै निर्वाचित भएका जो बाइडेनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेश मन्त्री बनाउने भएका छन । 
अमेरिकी सञ्चारमाध्यमहरूले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै यसअघि उप विदेश मन्त्रीको जिम्मेवारी निभाइसकेका ब्लिन्केन जनवरी २० पछि अमेरिकाको विदेश मन्त्री बन्न लागेको उल्लेख गरेका छन । ब्लिन्केन २०  वर्षदेखि निरन्तर बाइडेनको साथमा छन । उनी ओबामा प्रशासनमा बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । उनले बिल क्लिन्टन राष्ट्रपति हुँदा अमेरिकाको विदेश मन्त्रालयमा करियर सुरू गरेका थिए। 
ब्लिन्केन विदेश मन्त्री नियुक्त भए अमेरिका परराष्ट्र सम्बन्धलाई पहिलाकै रूपमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।   

 

तपाईंको बिचार