Sunday, January 17, 2021

कांग्रेस सांसद मोहन पाण्डेले लिए सपथ

प्रकाशित मिति: 2020/11/23

८ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन् । 

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो । केसीको गत कात्तिक १७ मा निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।

तपाईंको बिचार