Sunday, January 24, 2021

बैंकको अधिग्रहण गरेको जग्गा फिर्ता पाऊँ भन्दै सुधिर बस्नेत अदालतमा

प्रकाशित मिति: 2020/11/23

मंसिर ८, काठमाण्डौ । व्यवसायी सुधिर बस्नेत अदालत पुगेका छन । बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा फिर्ता लिन सुधिर बस्नेत मुख्य सञ्चालक रहेको ओरियन्टल बिल्डर्सले अदालत गुहारेको छ । 

काठमाडौंको धापासीमा रहेको २४ रोपनी जग्गा आफ्नो कम्पनीको नाममा फिर्ता लिन बस्नेतले सर्वोच्च अदालत गुहारेका एनआइसी बैंकका क्वालिटी एसुरेन्स इकोसिस्टम प्रमुख अर्जुनराज खनियाँले जानकारी दिए ।
८ वर्षअघि २४ करोड रूपैयाँ ऋण तिर्न नसकेपछि एनआइसी एसिया बैंकले लिलामी निकालेको थियो। बस्नेतले तत्कालीन बैंक अफ एसियाबाट ऋण निकालेका थिए जुन बैंक पछि एनआइसी भएको हो ।  

लिलामीमा पनि नबिकेपछि बैंकले जग्गा आफ्नो नाममा सकारेको थियो। लिलामी प्रक्रियादेखि आफूहरूले सकारेको सबै जानकारी राष्ट्र बैंकलाई जानकारी गराएको एनआइसी एसिया बैंकले जनाएको छ । बस्नेतले ऋण नतिरी वेवास्ता गरेकाले बैंक तथा वित्तीय संस्था ऐन २०६३, दफा ५७( ६ बमोजिम बैंकले उक्त धितो सम्पत्ति २०६९ सालमा आफ्नो नाममा सकारेको खनियाँले जानकारी दिए । सर्वोच्चमा बस्नेतले हालेको रिटमा मंगलबार पेसी तोकिएको छ। यस जग्गा सम्बन्धी मुद्दामा जिल्ला र पुनरावेदन अदालतले बैंकको पक्षमा निर्णय सुनाएको थियो ।

 

तपाईंको बिचार