गोदावरीमा ट्रिपरले घेरे नगरपालिका र सांसदको घर
ढुवानी व्यवासायीले आफ्ना टिपर लिएर गोदावरी नगरपालिकाको भवन र संघीय सांसद चेतनाथ सञ्जेलको घर घेराउ गरेका छन । मंगलबार बिहान ट्रिपर चालकहरूले चाबी बुझाउने भन्दै नगरपालिका र सांसद सञ्जेलको घर घेराउ गरेका हुन ।
सातदोबाटोदेखि टीकाभैरवको बाटोमा मालवाहक गाडी गुड्न नपाउने भएपछि आफूहरूले टिपर नै लिएर नगरपालिका घेराउ गरेको गोदावरी नगरपालिका व्यवसायी संघका अध्यक्ष निरोज श्रेष्ठले बताए ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार बाटो साँघुरो भएकाले विकल्पको रूपमा अर्को बाटोबाट जान दिएको थियो । नगरपालिकाले नख्खु खोलाको बाटो प्रयोग गर्न दिएको थियो । तर व्यवसायीहरूलाई त्यहाँको बाटोले अप्ठेरो भएको भन्दै विरोध गरेका हुन ।
तपाईंको बिचार