Friday, January 22, 2021

प्रचण्ड नेपाल समुहले सचिवालयमा दर्ता गराएको प्रश्ताब तल्ला कमिटिलाई बाँड्दै

प्रकाशित मिति: 2020/11/24

नेकपा अध्यक्ष पुष्पककमल दाहाल ’प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालय बैठकमा पेश भएका प्रस्ताव तल्ला कमिटीमा पठाउने भएका छन ।

कात्र्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रचण्डले एकतर्फी रूपमा पेस गरेको प्रतिवेदनलाई प्रधानमन्त्री ओली पक्षधर नेताहरुले आरोप पत्र भनेका छन । उनीहरूले प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने अडानसमेत लिएका छन । सचिवालयका बहुमत सदस्यको सहमतिमा प्रचण्डले पेश गरेको प्रस्तावालाई तल्ला कमिटीमा पठाउन सुरू गरिएको छ । 
मिडियामै सार्वजनिक भइसकेका सामग्रीहरू कार्यकर्तामा पुग्नु नौलो नभएको प्रचण्ड नेपाल पक्षका नेताहरूको तर्क छ । नेकपा सचिवालय बैठक मंसिर १३ गते बस्दैछ । नेकपाले १८ गते स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । मंसिर १३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट नेताहरूले आफ्नो प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउन प्रचण्डलाई आग्रह गरेका छन्। प्रचण्डले भने अस्वीकार गरेका छन ।

तपाईंको बिचार