Friday, January 22, 2021

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

प्रकाशित मिति: 2020/11/25

१० मंसिर, काठमाडौं । सुनको भाउ आरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार सुनको प्रतितोला मूल्य एक हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगबार प्रतितोला एक हजार आठ सय रुपैयाँले सुनको भाउ घटेको थियो । महासंघले बुधबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ । मंगलबार छापावल सुनको भाउ ९२ हजार पाँच सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले सस्तिएको छ । मंगलबार एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदीको बुधबारको भाउ एक हजार १७५ रुपैयाँ तोकिएको छ ।

तपाईंको बिचार