Tuesday, January 26, 2021

सांसदकै नेतृत्वमा निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन

प्रकाशित मिति: 2020/11/25

मंसिर १०, काठमाण्डौ । महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले मंसिर १० गते बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ । तर सडकमा प्रदर्शन भइरहेका छन । प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ । प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका हुन । राजमार्गमा सवारी साधन चलेका छैनन । प्रदर्शनमा प्रदेश नम्बर २ का प्रदेशसभा सांसदसमेत रहेकी नेकपा नेतृ शारदा थापाको पनि सहभागिता छ । न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने माग राखेर प्रदर्शन भइरहेको हो । बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्नेलगायत माग राखेका छन ।
आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र ६ वर्षिया बालिकाको हत्यारालाई कडा कारवाही गर्न उनीहरूले माग गरेका छन । बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलब साह खातुनको सोमबार हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

तपाईंको बिचार