Monday, January 18, 2021

बिपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री ढकालका ज्वाई र भतिजालाई नियुक्ति

प्रकाशित मिति: 2020/11/25

मंसिर १०, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य मन्त्रीका ज्वाइँ र भतिजालाई सल्लाहकारको नियुक्ति दिइएको छ।
उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालका ज्वाइँ र भतिजालाई नियुक्ति गरेर आफ्नो नातामा पर्ने एक स्वकीय सचिव पनि थपेका छन । स्वास्थ्य मन्त्री ढकालका सहोदर बहिनी(ज्वाइँ विराटनगरका सुमन पन्तलाई कानुनी सल्लाहकार नियुक्त गरिएको छ। मन्त्री ढकालका भतिजा अमृत ढकाल जनसम्पर्क अधिकृत नियुक्त भएका छन । पन्त र ढकालको नियुक्ति कात्तिक ११ गतेदेखि लागू भएको प्रतिष्ठानका अधिकारीहरूले बताए। उपकुलपतिका नातेदार गणेश गिरीले मंसिर १ गतेदेखि स्वकीय सचिवको रूपमा नियुक्ति पाएका छन । जनसम्पर्क अधिकृत नियुक्त भएका ढकाल स्वास्थ्य मन्त्रीको घर तेह्रथुम छथर गाउँपालिका ५ का हुन । उनी मोरङको सुन्दरहरैंचा नगरपालिकामा बोर्डिङ चलाउँथे। पन्त विराटनगरमा कानुन व्यवसायीको रूपमा काम गर्छन ।
उनीहरूलाई अधिकृतभन्दा माथि फ्याकल्टी डाक्टरसरहको सेवासुविधा दिएर नियुक्ति दिइएको प्रतिष्ठानका अधिकारीहरूले बताए । 

 

तपाईंको बिचार