Monday, January 18, 2021

नुवाकोट कांग्रेस सांसद बहादुरसिंह लामाद्धारा किस्पाङ फिकुरीमा रहेको स्तुपाको उद्घाटन

प्रकाशित मिति: 2020/11/25

मंसिर १०, काठमाण्डौ । नेपाली कांग्रेस नुवाकोटका संघिय सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर २ फिकुरी डाँडामा रहेको बौद्ध स्तुपाको उद्घाटन गरेका छन ।

आज काठमाण्डौबाट सांसाद तामाङको नेतृत्वमा गएको टोलीले फिकुरी डाँडामा निर्माण सम्पन्न भएको बौद्ध धर्मावलम्बीहरुको स्तुपा(छोटेन)को उद्घाटन गरेको हो ।
यसका साथै धर्मावलम्बीहरु बस्नका लागि पार्टी हलको निर्माण कार्यको समेत आजै सांसद तामाङले शिलन्यास गरे । जसका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्याएको छ । यसका साथै बौद्ध धर्मगुरुको शालिक निर्माणका लागि ३५ लाखको लगानीमा स्थानियहरुले लगानी जुटाएका छन ।
स्तुपा उद्घाटन तथा शिलन्यास कार्यक्रमपछि बौल्दै सांसद लामाले आफु स्थानिय जनताको जनभावना अनुसार अगाडि बढेको र यस क्षेत्रको बिकासमा अझ प्रतिबद्ध भएर लाग्ने बताए ।
टोलीमा पर्यटन बिभागका महानिर्देशक रुद्रसिंह तामाङ, प्रदेश सांंसद हिरानाथ खतिवडा, जलजला गाउँपालिका अध्यक्ष यम बहादुर मल्ल, तरुण दल केन्द्रिय कोषाध्यक्ष बिधान लामा रहेका थिए । यस्तै प्रदेश सांसद आशामाया तामाङ, गुरु फुर्पा लामा लगायत स्थानियहरुको व्यापक सहभागिता रहेको थियो ।

तपाईंको बिचार