Sunday, January 17, 2021

सीमा र द्धिपक्षीय हितका बिषयमा छलफल गर्न भारत तयार

प्रकाशित मिति: 2020/11/26

११ मंसिर, काठमाडौं । आजबाट शुरु हुने विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको एक उच्च भारतीय अधिकारीले बताएका छन् । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव श्रृंगला बिहीबार काठमाडौं आउँदैछन् ।

सीमाका सम्बन्धमा छलफल गर्न तयार रहेको तर यो विषयमा लामो गृहकार्य गर्नुपर्ने र राजनीतिक तहमा हल गर्नुपर्ने बताए । तर कुनै विषयमा कुरा गर्ने र नगर्ने भन्ने आफूहरुको अडान नरहेको र नेपालले उठाएका सबै विषयमा कुराकानी गर्न भारत तयार रहेको बताए ।
उनका अनुसार अहिले रहेका द्विपक्षीय विषयबाहेक विशेषत कोभिड–१९ को नियन्त्रणमा सहकार्य, भ्याक्सिनको विकासलगायतका क्षेत्रमा नेपालसँग भारत सहकार्य गर्न चाहन्छ ।
उनका अनुसार भ्याक्सिनको क्लिनिकल ट्रायलदेखि अन्य विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन भारतले चाहेको छ ।  

तपाईंको बिचार