Saturday, January 16, 2021

कोरोना बिमाको भुक्तानी मन्त्रीले तत्कालै पाए, जनतालाई सास्ती

प्रकाशित मिति: 2020/11/26

११ मंसिर, काठमाडौं । २४ असोजमा कोरोना संक्रमण भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई कात्तिक दोस्रो साता संक्रमणमुक्त भए । संक्रमणमुक्त भएको एक महिना नपुग्दै मन्त्री भट्टराईलाई कोरोना बीमावापतको एक लाख रुपैयाँ बीमा कम्पनीले भुक्तानी गरेको छ । भट्टराई स्वयंले कोरोना बीमाबापतको रकम पाएको बताएका छन् । उक्त रकम असहायहरुका कोरोना बीमाकै लागि खर्चिने उनले सामाजिक सञ्जालमा लेखेका छन् । मन्त्रीले एक महिना नपुग्दै कोरोना बीमा भुक्तानी पाए, तर हजारौं नेपालीहरुले महिनौं पुग्दा पनि पाएका छैनन् ।

अर्थमन्त्री पौडेलले रितपूर्वक प्राप्त दावी आवेदनलाई ७ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिए । तर, कम्पनीहरुले अर्थमन्त्रीको निर्देशन रद्दीको टोकरीमा हालेर पहुँचवालालाई भुक्तानी दिने र सामान्य नागरिकलाई सास्ती दिने काम गरिरहेका छन्
भट्टराईभन्दा अझै अगाडि कोरोना संक्रमण पुष्टि भएका उदयपुरका अर्का पुरुष पनि अहिलेसम्म आफूले बीमा वापतको रकम पाउन नसकेको बताउँछन् । बीमा कम्पनीले बीमा समितिमा फाइल अड्किएको छ भन्दै पन्छिने गरेको उनको गुनासो छ । उनीहरु प्रतिनिधि पात्रमात्रै हुन् । अहिलेसम्म यसरी कोरोना निको भएर पाउनुपर्ने बीमा वापतको रकम नपाउनेहरुको संख्या १३ हजार भन्दा धेरै रहेको छ ।
 

तपाईंको बिचार