Sunday, January 17, 2021

चीन र भारतसँग मिलेर अगाडि बढ्न चाहन्छौं : मन्त्री ज्ञवाली

प्रकाशित मिति: 2020/11/26

११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनलाई नेपालको सन्देश ‘मिलेर अगाडि बढ्न चाहन्छौं’ भन्ने हुने बताएका छन् । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौंमा छन् भने आइतबार चिनियाँ रक्षामन्त्री आउँदैछन् । यसलाई लिएर संसदीय सुनुवाई समितिमा भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठेको थियो ।

चीन ग्लोबल पावरका रुपमा रहेको र भारत पनि विस्तारै ग्लोबल पावरका रुपमा अगाडि आइरहेको भन्दै मन्त्री ज्ञवालीले नेपालले कार्ड खेल्दैमा नखेलिने बताए । दुबै छिमेकीसँग असल सम्बन्ध विकास गर्दै दुबै देशको आर्थिक विकासबाट लाभ लिने बाहेक अर्को स्वार्थ नरहेको उनले बताए ।
मन्त्री ज्ञवालीले चीन र भारत मिलेर समग्र विश्वमा स्थायित्व र विकासमा योगदान गरोस् भन्ने नेपालले चाहेको बताएका छन् ।

तपाईंको बिचार