Saturday, January 16, 2021

नेपाल भारत परराष्ट्र सचिवस्तरीय वार्ता सुरु

प्रकाशित मिति: 2020/11/26

११ मंसिर, काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक बिहीबार दिउँसो सुरु भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गरेका छन् । परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव बिहीबार नै काठमाडौं आएका हुन् ।

तपाईंको बिचार