Tuesday, January 19, 2021

रवीन्द्र अध्यक्ष र मिलन संयोजक बन्ने गरी साझा बिबेकशिलको एकता तयारी

प्रकाशित मिति: 2020/11/30

१५ मंसिर, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने गरी पार्टी एकता अन्तिम चरणमा पुगेको छ ।

यसअघिको एकता प्रस्तावमा दुई संयोजक रहने भनिएको थियो । तर, यसले राम्रो सन्देश नजानसक्ने भन्दै अध्यक्ष र संयोजकको नयाँ समझदारी गरिएको हो । यस समझदारीअनुसार पहिलेको प्रस्तावमा संसोधन गरेर साझाले केन्द्रीय कमिटीबाट पारित गराइसकेको छ भने विवेकशीलले पारित गर्न बाँकी छ ।

विवेकशीलका एक नेताले अध्यक्षलाई बढि सेरेमोनियल खालको र संयोजकलाई कार्यकारी भूमिका दिने गरी सहमति हुन सक्ने बताए । साझाकी नेतृ समीक्षा बास्कोटाले नेतृत्वलगायतका सबै विषयमा सहमति नजिक पुगेको बताइन् । पार्टीका विभिन्न कमिटीहरुलाई बराबरीको सिद्धान्तका आधारमा समायोजन गरिने उनको भनाइ छ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने टुंगो लागिसकेको छ । पहिले एकता हुँदा पनि यही नाम थियो । एकीकृत पार्टीका सैद्धान्तिक विषयहरुलाई एकता महाधिवेसनबाट टुंग्याउन दुवै दल तयार भएका छन् ।
हाललाई दुवै पार्टीले बोकेका नीति(सिद्धान्तलाई स्वीकार्ने सहमति छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा दुई पार्टीबीच केही मतभिन्नता छ । यी एजेन्डाहरुमाथि जनमतसंग्रह गर्नुपर्ने पक्षमा साझा छ भने विवेकशील वर्तमान संविधानलाई नै स्वीकार्नुपर्ने पक्षमा छ ।

तपाईंको बिचार