Monday, January 18, 2021

सुदृढ स्वास्थ्य सेवाको बिकासमा सरकार लागिपरेको छ : बिष्णु पौडेल

प्रकाशित मिति: 2020/11/30

मंसिर १५, काठमाण्डौ । अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य क्षेत्र सुदृढ बनाउन सरकार लागिपरेको बताएका छन ।

आज स्थानीय तहहरूमा तीन सय ९६ अस्पताल शिलान्यास गर्न लागिएको उल्लेख गर्दै मन्त्री पौडेलले सरकारको अहिलेको ध्यान स्वास्थ्य क्षेत्र बलियो बनाउने रहेको बताए ।
रूपन्देही उद्योग संघको ४३ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा पौडेलले आर्थिक, पर्यटन, उद्योग र सामाजिक गतिविधिका हिसाबले देशकै अग्रस्थानमा रूपन्देही स्थापित हुने पनि बताएका छन ।
नेपाली उद्योगी तथा व्यवसायीले उठाउँदै आएका औद्योगिक क्षेत्रको विकास, विद्युत डिमाण्ड शुल्क, ट्रन्कलाइनलगायतको समस्या प्रति आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए ।
संघका अध्यक्ष बाबुराम बोहोराले औद्योगीक क्षेत्रको अभावमा महँगो जग्गा लिएर उद्योग संचालन गरेका उद्योगीलाई प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।

तपाईंको बिचार