Tuesday, January 26, 2021

काठमाडौंका यी स्थानमा आज दिनभर विद्युत नआउने

प्रकाशित मिति: 2020/12/01

मंसिर १६, काठमाण्डौ ।नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न आज मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत बितरण बन्द गर्ने भएको छ ।

बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्न लागिएको छ ।
दिउँसो ११ बजेदेखि २ बजेसम्म गोंगबु, बालुवाटार, बुढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सप्लाइ बन्द हुने बालाजु वितरण केन्द्रले सूचना निकालेर जानकारी गराएको हो।  ‘रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रिङरोड महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द हुनेछ,’ सूचनामा भनिएको छ ।
यस्तै वानेश्वर वितरण केन्द्रले पनि विभिन्न स्थानमा मंगलबार र बुधबार विद्युत सप्लाइ बन्द गर्ने भएको छ। मंगलबार र बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत सप्लाइ बन्द गरिने वानेश्वर वितरण केन्द्रले जनाएको छ। माइती नेपाल, संडोल, नयाँपाटी, नाम्गेल, सुन्दरीजल वीपीचोक र आसपासका क्षेत्रमा विद्युत सप्लाइ बन्द गर्न लागिएको हो । 

 

तपाईंको बिचार