Sunday, January 17, 2021

प्रतितोला पाँच सयले बढ्यो सुनको भाउ

प्रकाशित मिति: 2020/12/01

१६ मंसिर, काठमाडौं । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ९० हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्यपनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ । अघिल्लो साता तोलामा तीन हजार रुपैयाँले सुनको मूल्य घटेको थियो । आइतबार र सोमबार पनि निरन्तर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो ।

तपाईंको बिचार