Saturday, January 23, 2021

कडा सुरक्षा घेराबीच नेकपा स्थायी कमिटी बैठक सुरू, प्रधानमन्त्री अनुपस्थित

प्रकाशित मिति: 2020/12/06

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा घेराबिच बैठक सुरू भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थीत भएनन । हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै  प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले बतायो ।
ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको हो । नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने उल्लेख थियो । स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ ।

यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।
बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहो¥याएका थिए ।

तपाईंको बिचार