Tuesday, January 26, 2021

चीनको ल्हासा नगरद्धारा काठमाण्डौ महानगरलाई दुईवटा गारवेज ट्रक प्रदान

प्रकाशित मिति: 2020/12/06

२१ मंसिर, काठमाडौं । चीनको तिब्बत स्वसासित क्षेत्र ल्हासाले काठमाडौं महानगरलाई फोहोर बोक्न सहज हुने ट्रक उपहार स्वरुप प्रदान गरेको छ ।

यी ट्रकको मूल्य करिब १ करोड ९० लाख नेपाली रुपैयाँ पर्न आउँछ । ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याईपु¥याइएको थियो ।
१५ गते ल्हासा नगरको अन्तरर्राष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तरर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । ती ट्रकहरु मंसिर १६ गते काठमाडौं ल्याइपु¥याइएका हुन् ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरे । १९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो ।

संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन थाल्छ । प्रमुख शाक्यले २०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका मेयर गुहेओ गुहेओ काठमाडौं आएको र त्यसबेलैमा सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताएको जानकारी दिए ।

तपाईंको बिचार