Friday, January 22, 2021

ब्याजदरमा कडाइ गरेपछि सहकारीमा सेवा शुल्कको आतंक

प्रकाशित मिति: 2020/12/07

२२ मंसिर, काठमाडौं । ऋणमा १४.७५ प्रतिशत भन्दा बढी ब्याजदर लिन नपाउने भएपछि सहकारी संस्थाहरुले ऋणीसँग चर्को सेवा शुल्क लिएको पाइएको छ ।

उनीहरुले ब्याजदर १४.७५ प्रतिशत नै लिने तर सेवा शुल्कका नाममा थप ५ प्रतिशत हुन आउने रकम लिने गरेको भनी सहकारी विभागमा गुनासो आउन थालेको छ ।
सहकारी विभागले गत कात्तिकदेखि लागू हुने गरी ऋणमा बढीमा १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको थियो । तर विभागले त्यतिबेला सेवा शुल्कबारे भने केही बोलेको थिएन । विभागको यही कमजोरीमा टेकेर सहकारीहरुले जथाभावी सेवा शुल्क लिने गरेका हुन् ।

सहकारी विभाग स्रोतका अनुसार काठमाडौं उपत्यका र बाहिरका सहकारीले समेत चर्को सेवा शुल्क लिने गरेको उजुरी परेको छ । विभागले केही दिन अघि गरेको अनुगमनमा पनि सहकारीले ऋणीसँग ५ प्रतिशतसम्म सेवा शुल्क लिएको पाइएको विभागका एक अधिकारीले बताए ।
‘गुनासो बढेपछि हामीले अनुगमन गर्यौ, विभागको निर्देशन कार्यान्वयन गर्ने तर सेवा शुल्क ५ प्रतिशत जोड्ने गरेको पाइयो’ ती अधिकारीले भने, ‘१५ प्रतिशत ब्याजदर भन्ने अनि सेवा शुल्क जोडेर २० प्रतिशत पु¥याउने काम भएको छ, यो अति नै भयो ।’
यस्तो सूचना पाए पछि विभागले ऋणीलाई मारमा नपार्न सेवा शुल्कमा समेत अधिकतमको सीमा लगाउने तयारी गरेको छ । विभाग स्रोतका अनुसार बढीमा १ प्रतिशतमात्रै सेवा शुल्क लिन पाउने गरी निर्देशन जारी गर्न लागिएको हो ।

‘यस विषयमा हामी छलफलमै छौं, सेवा शुल्कको सीमा तोक्ने काम एक÷दुई दिनमै हुनसक्ने सम्भावना छ’ स्रोतले भन्यो ।

 

तपाईंको बिचार