सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तियो
२५ मंसिर, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तिएको छ । बुधबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ९२ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ५० तोकेको छ । यस्तै चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भएको छ ।
तपाईंको बिचार