Thursday, January 28, 2021

आज कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति: 2020/12/11

मंसिर २६, काठमाण्डौ ।नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  

तपाईंको बिचार