Tuesday, January 26, 2021

सुकुम्बासी जग्गा दर्ता गर्दा मूल्यभन्दा दोब्बरसम्म दस्तुर तिर्नुपर्ने

प्रकाशित मिति: 2020/12/14

२९ मंसिर, काठमाडौं । सरकारले सुकुमबासी जग्गा दर्ता गर्दा सम्बन्धित मूल्यमा दोब्बरसम्म दस्तुर लिने तयारी गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित जग्गा दर्ता गर्दा मूल्यको २०० प्रतिशतसम्म कर लिन लागेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौमा मन्त्रिपरिषदमा पेस गरेको भूमि नियमावलीमा अव्यवस्थित बसोबासीलाई रकम लिएर जग्गा दिने उल्लेख छ । नियमावलीमा अव्यवस्थित बसोबासीलाई आठ प्रकारमा विभाजन गरिएको छ । बाहिर भएको जमिन, सरकारी जागिर, वैदेशिक रोजगारी, वार्षिक आम्दानी, व्यावसाय, खेतीकिसानी, घरको संरचना आदि हेरेर जग्गा दर्ताको रकम तय गरिने ती सदस्यले जानकारी दिए । उदाहरणका लागि एकै ठाउँको जग्गामा पक्की घर छ भने यसको ८ नम्बर जोडिन्छ । जग्गा उस्तै भए पनि घर पक्की भएका कारणले उसले बुझाउनु पर्ने राजस्व बढी हुन्छ ।

 

तपाईंको बिचार