Monday, January 18, 2021

कोईराला परिवारबाट एकल नेतृत्व आउँछ : शशांक कोईराला

प्रकाशित मिति: 2020/12/14

मंसिर २९, काठमाण्डौ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाट तीनमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन ।  

उनले डा. शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरिकन नै एक जना सभापतिको उम्मेदवार हुने बताए । उनले महाधिवेशन फागुनमा हुन सम्भव नरहेको बताए । कोइरालाले पार्टीको तल्लो तहसम्मको अधिवेशन, कोरोना संक्रमणको अवस्था लगायत कारणले फागुनमा महाधिवेशन हुन नसक्ने तर जेठमा जसरी पनि हुने बताए । कोइराला सोमबार कांग्रेस विराटनगरमा गर्ने प्रदर्शनको नेतृत्व गर्दैछन । उनले कोरोना महामारीको बीच सरकारविरूद्ध आन्दोलन गर्नु राजनीतिक बाध्यता रहेको बताए ।

तपाईंको बिचार